पानी तान्दा गयो ज्यान

पानी तान्दा गयो ज्यान

रमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा दाङमा एक जनाले ज्यान गुमाएका छन् । दंगीशरण गाउँपालिका-७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, धरानमा पनि करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-३ का ३९ वर्षीय कृष्ण बहादुर कटुवालको करेन्ट लागेर मृत्यु भएको हो ।

सोही ठाँउका राज कुमार लिम्वुको बन्दै गरेको घरमा प्लाष्टर गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका कटुवालको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू