एमालेले भदौमा वाँडेको डकुमेण्टमा आजको स्थायी समितीमा छलफल

एमालेले भदौमा वाँडेको डकुमेण्टमा आजको स्थायी समितीमा छलफल

नेकपा एमालेको स्थायी समितीको वैठक सकिएको छ । मुख्य विपक्षीको वेन्चमा रहेको एमालेको आसन्न प्रथम विधान महाधिवेसन केन्द्रति आजको वैठकमा आगामी महाधिवेसनमा प्रस्तुत हुने विधानमा छलफल भएको छ ।
एमालेले असोज १५ , १६ र १७ गते पार्टि जिवनकै पहिलो विधान महाधिवेसन गर्न लागेको छ ।

देश सँघियतामा गइ सकेको तर पार्टिको विधान भने सोहि अनुरुप वदलिन नसकेको भन्दै एमालेले प्रथम विधान महाधिवेसन गर्न लागेको हो ।

एमालेका स्थायी समितीका सदस्यहरुलाइ भदौ २९ मै आजवाट छलफल हुने विधान लगायतका डकुमेण्ट वितरण गरीएको थियो । आज सोहि डकुमेण्टमाथी छलफल भऐको हो । वैठकमा एमालेको आगामी विधान र यसका प्रावधान वारेमा छलफल भएको हो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न वैठकमा आगामी महाधिवेसनमा प्रस्तुत गर्ने ३ वटा दस्तावेजमा छलफल भएको प्रचार विभाग प्रमुख योगेस भट्टराइले जानकारी दिए ।
आजवाट वैठक प्रारम्भ भएको र भोली वस्ने वैठकमा दस्तावेज माथी व्यापक छलफल हुने जानकारी भट्टराइले दए ।

टिप्पणीहरू