मान्छे ओसार्ने बसमा लागुऔषध

मान्छे ओसार्ने बसमा लागुऔषध

प्रहरीले काठमाडौँ प्रवेशको मुख्य नाका नागढुंगाबाट ठूलो मात्रामा लागूऔषधसहित एक जनालाई समातेको छ।

सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१ ०२ ००१ ख ८८६९ नम्बरको बस चेकजांच गर्ने क्रममा लुकाई राखेको डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले बस चेकजाँच गर्दा उक्त लागुऔषध फेला पारेको हो । लागुऔषधसहित प्रहरीले सिरहा लहान नगरपालिका-४ का २६ वर्षीय आनन्द प्रसाद दासलाई पक्राउ गरेको छ ।

टिप्पणीहरू