​सुनको शौचालय « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

​सुनको शौचालय

प्रकाशित मिति :  १६ भाद्र २०७४, शुक्रबार ११:५५


जापानीहरू शौचालय सजाउनमा सौखिन हुन्छन् । खुब माया गर्छन् । त्यसैले मारितोमो नामकी महिलाले किताब नै लेखिन्, ‘जापानी शौचालय र अन्य ।’ किताब लेख्नुअघि मुलुकभरिका आठ सय शौचालय घुमिन् र देखेकामध्ये १० उट्पट्याङखाले शौचालयबारे लेखिन् । यसक्रममा एउटा सुनको शौचालयबारे उल्लेख गरेकी छन् । दिसा र पिसाब गर्ने कमोड दुवै १८ क्यारेटको सुनद्वारा निर्मित । उनी लेख्छिन्, ‘अमेरिकी राष्ट्रपतिले जापान भ्रमण गर्दा काबुकिचोस्थित यो शौचालयमा अवश्य एकपटक छिर्ने छन् । किनभने डोनाल्ड ट्रम्प पनि आफ्नो घरमा सुनको शौचालय प्रयोग गर्छन् ।’ मारितोमोले महिला र रोबोट नाच्ने शौचालयको पनि लेखेकी छन् । उता, सुमिमियास्थित गिन्जा मार्केटमा हिरा र बहुमूल्य ७२ हजार टुव्रmा रत्नजडित शौचालय बनेको छ । हिरा र रत्न सबै अष्ट्रियाबाट ल्याइएको हो । यो शौचालय निर्माणमा एक करोड येन खर्च लागेको छ । 


प्रतिक्रिया दिनुहोस !