दशैँको लागि नँया नोट भोलिदेखि

दशैँको लागि नँया नोट भोलिदेखि

दशै तिहारलाई लक्षित गरि भोलीदेखि बजारमा नँया नोट आउने भएको छ । काठमाडौं उपत्यकालगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट साट्न पाउने सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागिएको हो ।

उपत्यकाबाहिरका सर्वसाधारणले प्रदेशस्थित कार्यालयबाट नयाँ नोट साट्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् । साथै कोरोनाको जोखिमलाई ध्यानमा राखि नोट सटही गर्न सबैलाई आग्रह गरिएको छ ।

राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई केही दिनअघि बजारमा नँया नोट पठाइसकेको छ ।

टिप्पणीहरू