ओमान विरुद्ध नेपालको सानदार सुरुवात, नेपाललाई छैठौं सफलता

ओमान विरुद्ध नेपालको सानदार सुरुवात, नेपाललाई छैठौं सफलता

आईसीसी वल्र्डकप लिग २ अन्र्तगत आज नेपालले घरेलु टोली ओमानसँग दोस्रो खेल खेल्दै छ ।

अमेरिका, ओमान र नेपालबिच जारी त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार सवाँ चार बजे सुरु भएको खेलमा नेपालले सानदार सुरुवात गरेको छ ।

पहिलो पावरप्लेको खेल सकिँदा ओमानका जतिन्दर सिहं, सुफयान महोमद, आयन खान, महमद नादिम, सुरज कुमार तथा नेष्ट्रो दम्बा पेविलियन फर्केका छन् ।

नेपालका लागि करन केसीले र सन्दिप लामिछानेले समान तीन/तीन विकेट चट्काएका छन् । अहिले १५ औं ओभरको खेल सकिँदा ओमानले ४८ रन जोड्दै ६ विकेट गुमाएको छ ।

टिप्पणीहरू