​महिलाबारे माओसँग मन्त्रणा

अमेरिकी विदेश मन्त्रालयले एउटा रोचक घटना बाहिर ल्याएको छ– विदेशमन्त्री हेनरी किसिञ्जर र माओ त्सेतुङबीचको वार्तालाप । त्यसबेला चीन र अमेरिकाबीच भर्खर मात्र दौत्यसम्बन्ध स्थापना भएको थियो र किसिञ्जर चीन भ्रमणमा गएका थिए । यो सन् १९७३ सेप्टेम्बरको घटना हो । वार्ताक्रममा माओले भनेका रहेछन्, ‘हामी गरिब छौं, हामीकहाँ महिलाको संख्या धेरै छ । उनीहरूको संख्या धेरै हुनु भनेको जनसंख्या फेरि धेरै बढ्नु हो । तपाईंहरू चिनियाँ महिलालाई रुचाउनुहुन्छ ? रुचाउनुहुन्छ भने हामी १० हजार महिला दिन सक्छौं ।’ किसिञ्जरले हाँस्दै जवाफ दिएका रहेछन्, ‘त्यसो त चिनियाँ महिला लाने कोटा हामीसित छैन, तैपनि यसबारे अध्ययन गर्छौं ।’

टिप्पणीहरू