२४ घण्टामा कोरोनाबाट १२ को मृत्यु, संक्रमितको संख्या घट्यो

२४ घण्टामा कोरोनाबाट १२ को मृत्यु, संक्रमितको संख्या घट्यो

गत २४ घण्टामा देशभर ७ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ३ सय ४ जनामा पीसीआर परीक्षण र २ हजार ७ सय ९ जनामा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख ८४ हजार ९६६ पुगेको छ । तीमध्ये ७ लाख ४९ हजार २१३ जना निको भएका छन् । आजमात्रै १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

हाल देशभर २४ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेको छन् । तीमध्ये होम आइसोलेसनमा २२ हजार ८ सय ६४ जना रहेका छन् भने १ हजार ४ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३ सय ९० जनाको आईसीयू र १ सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

टिप्पणीहरू