​यसकारण दल्यौं जिशिअलाई मोसो

सोमबार रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कार्यालयमै मोसो दलेको बारे अनेक प्रचारबाजी भएका छन् । किन यसो गर्नुप¥यो त ? कारण यस्ता छन् :
– भौतिक निर्माण बाँडफाँडमा अनियमितता गरेको । जस्तै ः जिनाबाङमा चारवटा भवन दिइएको र अन्यमा एक–एकवटा मात्र । 
– जिनाबाङ स्रोतकेन्द्रअन्तर्गत साविकको राक गाविसको बुद्धिविकास माविलाई मात्र प्राथमिकता दिएको । 
– भौतिक निर्माणमा परेका विद्यालयबाट पाँचदेखि २० हजारसम्म उठाएर दुरुपयोग गरेको । 
– २०७३ पुसमा १३ जना अस्थायी शिक्षक नियुक्त गर्दा पाँच हजारका दरले उठाएको । 
– दाङ तुल्सीपुरको तुल्सी बोर्डिङमा पढेको विद्यार्थीलाई सुलिचौर माविमा पढेको रेकर्ड देखाई काठमाडौंको बूढानीलकण्ठ स्कुलमा पढ्न सिफारिस गरेको ।
– शिक्षक छनोट समितिमा कुनै विषय विशेषज्ञलाई दोहो¥याइ–तेह¥याइ राखेको त कसैलाई एकपटक पनि नराखेको । 
– मावि सुलिचौरमा अनियमितता गरी शिक्षक नियुक्त गर्न खोजेको । 
– एउटै मितिमा नियुक्त शिक्षकमध्ये कसैलाई विषय विशेषज्ञ राखेको, कसैलाई नराखेको । 
– अन्तर जिल्ला सरुवा हुनका लागि क्षमता छैन भन्ने गरेको, सहमतिपत्र लिनका लागि अतिरिक्त रकम लिइएको । 
– रोल्पा नगरपालिकाभित्र कसैलाई पनि नेकपाले कारबाही गर्न नसक्ने भनी चुनौती दिएको । 
– आव २०७२÷७३ को भौतिक निर्माण र पिसिएफबापतको रकम अन्तिम किस्ता बैंकमा पठाएलगत्तै म्यानेजरलाई फोन गरी संकेत लगाएको, विद्यालय खातामा पोष्टिङ नगर्न भनेको, लगत्तै बैंक म्यानेजर फाँटवाला कहाँ आई रातो टीका लगाएको, कर्मचारीलाई यो रकम पोष्टिङ नगर्ने, जिशिअ सापले यस्तो भन्नुभएको छ भनी २०७३ असार ३० गते भनेको । 
– अखिल क्रान्तिकारी जिल्ला कमिटी रोल्पा र जिशिका रोल्पाबीच भएको सोह्रबुँदे सम्झौता कार्यान्वयन नगरेको । 
– शोभाराम राना (बिष्फोट), अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी रोल्पा

टिप्पणीहरू