कर्मचारीद्वारा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालावन्दी

कर्मचारीद्वारा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालावन्दी

कर्मचारीहरुको पेशागत हकहित, सुरक्षालगायतका माग राखेर आन्दोलनरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।

कर्मचारीहरुले पेशागत हकहितको सुरक्षा सुनिश्चित गर्नुपर्ने, प्रतिष्ठानको संकुचित क्षेत्राधिकारलाई फराकिलो बनाउनुपर्ने,रिक्त दरबन्दीमा कर्मचारी तत्काल कर्मचारी नियुक्त गरी जनशक्ति अभावकाे अन्त्य गर्नुपर्ने जस्ता माग राखेर भदौ २२ गतेदेखि तालाबन्दी गरेका हुन् ।

आफ्ना माग सम्बोधन गराउन सामुहिक दबाब सिर्जना गर्ने उद्धेश्यले तालाबन्दी गरेको कर्मचारीहरुले जनाएका छन् । माग सम्बाेधन गर्न मन्त्रालयले कुनै चासाे नदेखाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरुको गुनासो छ ।

कर्मचारीहरुले प्रतिष्ठानमा आर्थिक अनियमितताको आरोप पनि लगाएका छन् । प्रतिष्ठानको कार्यक्षेत्र खुम्च्याउदै व्यवस्थापन पक्ष आर्थिक प्रलोभनमा परेर आइएनजिओ (पिएलजीएसपी परियोजना)लाई तालिमको जिम्मेवारी दिएको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू