सुनिताको हातमा अखिलको बागडोर

सुनिताको हातमा अखिलको बागडोर

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जम्बो पदाधिकारी टिमसहित नयाँ नेतृत्व चयन गरेको छ । हिजो काठमाडौँमा बसेको अनेरास्ववियुको सचिवालय बैठकले अध्यक्षसहित ३२ सदस्यीय पदाधिकारी टीम घोषणा गरेको हो ।

यसअघिका अध्यक्ष ऐन महरले स्वेच्छिक रुपमा विद्यार्थी संगठनबाट विदा लिएपछि उपाध्यक्ष सुनिता बराललाई अध्यक्षमा चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने चयन भएका छन् भने १० जनालाई उपाध्यक्ष बनाइएको छ ।

झपिन्द्र खत्री,मोती बक, लोकेश निरौला, उमेश आचार्य, यम पाण्डे, चन्द्र थिङ, डि. वि. साउद, कल्पना वाइवा, निशा अधिकारी र वाङछु योञ्जन उपाध्यक्ष चयन भएका छन् । महासचिवमा समिक बडाल छानिएका छन् ।

अनेरास्ववियुले १३ जना सचिव बनाएको छ । सचिवमा नारायण घर्ति,नरेश रोकाया, गोविन्द गिरी, सुदर्शन सिवाकोटी, भाष्कर खनाल र मर्यादा विष्ट चयन भएका छन् । त्यस्तै, डम्बर अधिकारी, धर्म गिरी, कनिष पटेल, श्याम प्रजापति, जुन तामाङ, एल वि सिंह, रामशरण चौधरी, सुजन भट्टराई, खेम मरासिनी, सूर्य रोकाया, दिनेश भट्ट, टिकाजंग थापा पनि सचिव बनेका छन् । कोषाध्यक्षमा जेनिश लामा छानिएका छन् ।

यसअघि आकांक्षीको संख्या धेरै भएपछि अध्यक्ष लगायतका पदाधिकारीमा चर्को प्रतिष्पर्धा भएको थियो । वरिष्ठ उपाध्यक्ष छानिएका आरसी लामिछाने र बराल अध्यक्षको दौडमा थिए । अन्तिममा पार्टी अध्यक्ष केपी ओलीको समर्थन पाएका कारण ओलीकै गृहजिल्ला झापा घर भएकी बराल अध्यक्ष बनेको बताइएको छ ।

टिप्पणीहरू