काठमाण्डौंका १३ अस्पताल तथा आइसोलेशन कोरोनामुक्त

काठमाण्डौंका १३ अस्पताल तथा आइसोलेशन कोरोनामुक्त

कोरोना महामारीको दोस्रो लहरका कारण केही समयदेखि भरिभराउ रहेका देशभरका अस्पताल तथा आइसोलेशन सेन्टर बिस्तारै खालि हुँदैछन् । संक्रमणदर तथा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा रहँदा काठमाण्डौंका अस्पताल तथा आइसोलेशनमा महामारीका बिरामी घटेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कका आधारमा काठमाण्डौंको कीर्तिपुर मोडर्न अस्पताल,बयोधा अस्पताल, राजधानी अस्पताल,नेशनल अस्पताल,सहिद मेमोरियल अस्पताल,यति अस्पताल,ज्योती अस्पताल,बुद्ध माइ अस्पताल, कीर्तिपुरको ज्येष्ठ नागरिक भवनमा रहेको आइसोलेशन,कीर्तिपुर नयाँ बजार कभर्डहलमा रहेको आइसोलेशन,मनमोहन स्मृति सामुदायिक अस्पताल,नागार्जुन नगरपालिकाको इचङ्गुमा शहरी विकासको माथिलो भवनमा रहेको आइसोलेशन तथा काठमाडौं महानगरपालिका वडा नं १५ ले तयार पारेको आइसोलेशन कोरोनाका बिरामी मुक्त भएका हुन् ।
यस्तै,प्राप्त तथ्याङ्कका आधारमा हेर्ने हो भने काठमाण्डौंका ६ अस्पतालमा कोरोनाका बिरामी रहेको उल्लेख गरिएको छ । काठमाण्डौंको आयुर्वेदिक अस्पतालमा २१ जना, मनमोहन मेमोरियल अस्पतालमा १ जना, ब्लु क्रस अस्पतालमा ४ जना, शुक्रराज ट्रपिकल अस्पतालमा ४० जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २७ जना तथा चाल्नाखेल स्वास्थ्य चौकीमा ५ जना बिरामी रहेको बताइएको छ ।
त्यस्तै, आज वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोरोनाका कारण काठमाण्डौंका ९१ बर्षिय कूलबहादुर कार्कीको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको छ ।

टिप्पणीहरू