जनताले बञ्चरेडाँडामा पनि फोहोर झार्न नदिने

जनताले बञ्चरेडाँडामा पनि फोहोर झार्न नदिने

काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेकाले त्यहाँ फोहोर फाल्न नहुने भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

सरकारी निकायहरुले बञ्चरे डाँडा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएका थिए । तर आवश्यक संरचना नै नबनाई फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् ।

भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको स्थानीय सनत उप्रेतीको दाबी छ । सरकारी प्रतिवादमा स्थानीयहरु एकजुट हुने चेतावनी बञ्चरेडाँडाका स्थानीयले दिएका छन् ।

समस्या समाधान गर्ने जिम्मा सरकार र सबैजनाको भएको उप्रेतीले बताएका छन् । काठमाडौं सफा गर्नु सबैको जिम्मेवारी हो भन्दै स्थानीयले प्रभावित क्षेत्रका जनताको ५ वटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिने निर्णय गरेका छन् ।

त्यस्तै,अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाएका छन् । उनले तत्काल यसले असर नगरे पनि पछि गएर स्थानीयको निम्ति धेरै असहज परिस्थिति सिर्जना हुनेसमेत जानकारी दिए ।

टिप्पणीहरू