संक्रमित र निधन हुनेको संख्या उस्तै, १६ को मृत्यु हुँदा १ हजार बढी थपिए

संक्रमित र निधन हुनेको संख्या उस्तै, १६ को मृत्यु हुँदा १ हजार बढी थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यसबीचमा १ हजार २ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

आज ८ हजार ५ सय ४० जनामा पीसीआर परीक्षण र २ हजार ८ सय १८ जनामा एन्टिजेन परीक्षण गरिएको हो । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको छ । तीमध्ये ७ लाख ४७ हजार ८ सय जना निको भएका छन् ।

प्राप्त विवरणअनुसार देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित छन् । तीमध्ये २३ हजार ६ सय ३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ४६ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोना संक्रमितमध्ये ३ सय ८९ जनाको आईसीयु र १ सय २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

टिप्पणीहरू