मुख्यमन्त्री अष्टलक्ष्मीलाई सिन्धुलीमा बधाई

मुख्यमन्त्री अष्टलक्ष्मीलाई सिन्धुलीमा बधाई

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सिन्धुली जिल्ला कमिटीले पार्टी उपाध्यक्ष तथा बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सम्मानमा बधाई तथा स्वागत कार्यक्रम राखेको छ ।

शाक्य मुख्यमन्त्री बनेको एक महिनापछि एमाले सिन्धुलीले शनिबार औपचारिक कार्यक्रम गरी बधाई दिएको हो । शाक्यको बधाई कार्यक्रम जिल्ला पार्टी कार्यालयमा राखिएको छ । एमालेको माधव नेपाल समूहमा रहनुभएकी शाक्य गत भदौ २ गते एकाएक मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

माधव नेपाल पक्षले एमालेबाट बिद्रोह गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएकै दिन मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्य त्यसयता एमालेमै हुनुहुन्छ ।

मुख्यमन्त्री बन्नैका लागि लामो समय साथ दिएको माधव समूह छाडेको शाक्यमाथि आरोप छ । शाक्यले भने पार्टी एकता बचाउनको लागि मुख्यमन्त्री स्वीकार गर्नुपरेको दाबी गर्दै आउनुभएको छ ।

शाक्य मुख्यमन्त्री नियुक्त हुनुअघिसम्म पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचक हुनुहुन्थ्यो । उहाँलाई माधव नेपालको नयाँ पार्टीमा जानबाट रोक्न ओलीले मुख्यमन्त्री बनाएको चर्चा छ ।

यसअघिका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई हठात बाग्मतीको मुख्यमन्त्री बनाइएको थियो ।

टिप्पणीहरू