तिब्बती क्याम्पभित्र जुवाघर,झण्डै ५ लाखसहित २० जना पक्राउ - Jana Aastha News Online Jana Aastha News Online
Logo
३० आश्विन २०७८, शनिबार
|  Sat Oct 16 2021

तिब्बती क्याम्पभित्र जुवाघर,झण्डै ५ लाखसहित २० जना पक्राउ

प्रकाशित मिति :  २ आश्विन २०७८, शनिबार १५:३०


काठमाडौंको एउटा तिब्बती क्याम्पभित्र जुवा खेलिरहेका २० जनालाई प्रहरीले पक्रेको छ । उनीहरुको साथबाट ४ लाख ७५ हजार नगदसमेत बरामद भएको छ ।

उनीहरुलाई गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डागेट सँगैको तिब्बती क्याम्पभित्र जुवा खेलिरहेको अवस्थामा समातिएको हो । तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवा खेलिरहेका २० जना जुवाडेलाई रंगेहात पक्रँदा ठूलो रकम समेत समातिएको प्रहरीको दावी छ ।

उनीहरुको साथबाट २० बुक तास, ४ सय ६४ थान क्यासिनोमा प्रयोग हुने क्वाइन,२८ थान विभिन्न व्यक्तिको नाममा लेखिएका विभिन्न बैंकका रकम उल्लेखित चेक र १ सय थान कौडा बरामद गरेको बौध्द प्रहरीले जनाएको छ ।तिब्बती समुदायको घर र क्याम्प तुलनात्मक रुपमा सुरक्षित हुने भएकाले पछिल्ला दिनमा ती स्थानमा जुवा मौलाउँदै गएको सुरक्षा निकायको विश्लेषण छ ।


प्रतिक्रिया दिनुहोस !