भोलि धारा ४८ पढ्ने,एमसीसीको बिरोध गर्ने

भोलि धारा ४८ पढ्ने,एमसीसीको बिरोध गर्ने

संविधान दिवसको अवसरमा उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले भोलि अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध संविधानको धारा वाचन गरेर बिरोध गर्न लागेका छन् ।

संविधानको धारा ४८ मा राष्ट्रिय स्वाधीनता रक्षाका लागि लड्नु नागरिक कर्तव्य हो भनिएकाले सोहीअनुसार नागरिकलाई सचेत गराउन माइतीघर मण्डलामा संविधानको धारा वाचन गरेर एमसीसीको बिरोध गरिने पार्टीले जनाएको हो ।

भोलि दिउँसो १ बजे हुने उक्त बिरोध कार्यक्रममा संविधान दिवसको उपलक्ष्य पारेर धारा ४८ पढ्दै एमसीसीको बिरोध गर्न लागिएको हो ।

टिप्पणीहरू