रेड पाण्डाको छाला बोकेर किन होटेल छिरे ४ जना ?

रेड पाण्डाको छाला बोकेर किन होटेल छिरे ४ जना ?

संरक्षित वन्यजन्तुको सूचीमा रहेको रेड पाण्डाको छाला बिक्री गर्न हिँडेको चार जनाको टोलीलाई प्रहरीले वीरेन्द्रनगरबाट समातेको छ । रेड पाण्डाको छालासहित उनीहरुलाई स्थानीय मानसरोबर होटलबाट पक्रिएको बताइएको छ ।

पक्राउ पर्नेमा रासकोट नगरपालिका ८, कालिकोटका २८ वर्षीय मनबहादुर बुढा,दैलेखको ढाडिकाध गाउँपालिका ३ का ३३ वर्षे विष्णु रावत,नारायण नगरपालिका १० का २१ वर्षे पूर्णबहादुर बस्नेत र २५ वर्षका नरेन्द्र थापा हुन् ।

उच्चपहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने रेड पाण्डालगायत वन्यजन्तुको चोरी शिकारी कोरोना महामारी र निषेधाज्ञाको समयमा बढ्दो क्रममा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

टिप्पणीहरू