हुम्लामा टोली पुग्नासाथ राजधानीमा चीनबिरोधी जुलुश

हुम्लामा टोली पुग्नासाथ राजधानीमा चीनबिरोधी जुलुश

चीनद्वारा नेपाली भूमि अतिक्रमित भएको भन्दै काठमाडौंमा बिरोध प्रदर्शन गरिएको छ । सरकारले हुम्ला जिल्लासँग जोडिएको चीनको सीमानजिकै हिल्सामा भूमि अतिक्रमित भएको हो वा होइन भन्नेसम्बन्धमा गठन गरेको छानबिन टोली हिजो बल्ल त्यहाँ पुगेर खोजविन गर्दैछ ।

यता,राजधानीमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी छाडेर महन्थ ठाकुर तथा राजेन्द्र महताेसङ्गै बिभाजनमा गएको लोकतान्त्रिक समाजवादी पार्टीनिकट लोकतान्त्रिक युवा संघले भने चीनले भूमि मिचेको भन्दै आज माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

पूर्ववर्ती ओली सरकारले गठन गरेको सीमा अध्ययन टोलीले पोहोर हुम्लामा चीनले सीमा नमिचेको निश्कर्ष निकालेको थियो । तर अहिले सरकारले एकाएक गठन गरेको उक्त टोली हिल्सा पुगेको भोलिपल्टै राजधानीमा ठाकुर र महतोनिकट समूहका मुकेश झा र रन्जितकुमार सिंहहरुले चिनियाँ साम्राज्यवाद-मूर्दावाद,अतिक्रमित भूभागबाट निक्ली जा जस्ता नारा लगाउँदै निकालेको जुलुसबीच अचम्मको साइनो जोडिन पुगेको छ ।

टिप्पणीहरू