सम्पत्तिको नाममा विवाद,श्रीमतीले थिच्दा श्रीमान् पुर्लुक्कै

सम्पत्तिको नाममा विवाद,श्रीमतीले थिच्दा श्रीमान् पुर्लुक्कै

दाङको घोराही उपमहानगरपालिका ९ मछैमा सम्पत्तिको निहुँमा भएको घरायसी झगडामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । स्थानीय ५८ वर्षीया मनसरा घर्तीले ५० वर्षीय श्रीमान छविनारायण चौधरीको घाँटी थिचेर हत्या गरेकी हुन् ।

सम्पत्तिको विषयमा विवाद हुँदा मनसराले आफैँले घाँटी थिचेर श्रीमानको हत्या गरेको स्वीकारेकी हुन् । छविनारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबरपछि प्रहरीले गरेको अनुसन्धानबाट श्रीमती घर्तीलाई पक्राउ गरिएको बताइएको छ ।

टिप्पणीहरू