रामेछापमा बोराभरि सालकको खबटा

रामेछापमा बोराभरि सालकको खबटा

रामेछापको सदरमुकाम मन्थलीमा एउटा बोराभरि संरक्षित वन्यजन्तु सालकको खबटा फेला परेको छ । अन्दाजी २५ केजी खबटा बोक्दै हिँडेका स्थानीय दुई जना भैंसेश्वर चोकबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने लिखु तामाकोशी गाउँपालिका ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङ हुन् । उनीहरुले बोकेको बोरामा शंका लागेपछि प्रहरीले गरेको चेकजाँचको क्रममा सालकको खबटा फेला परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।

टिप्पणीहरू