काठमाडौंभित्र मात्र कोरोनाले लग्यो साढे ५ सयको ज्यान

काठमाडौंभित्र मात्र कोरोनाले लग्यो साढे ५ सयको ज्यान

काठमाडौं महानगर क्षेत्रभित्र मात्रै पछिल्लो डेढ वर्षमा कोरोना संक्रमणबाट ५ सय ३५ जनाले ज्यान गुमएका छन् । यो अवधिमा ८० हजार ५ सय २६ जना संक्रमित भएका छन् ।

महानगरपालिकाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार ४ सय ३० पुगेको छ भने महानगरपालिकाभित्र अझै पनि सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ६१ जना छ ।आइसोलेसनमा बसेकामध्ये २ हजार ४ सय ५० जना होम आइसोलेसनमा र ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । प्राप्त विवरणअनुसार सबैभन्दा धेरै ८० जनाको निधन १६ नम्बर वडामा भएको छ । सबैभन्दा थोरै २ जनाको निधन २८ नम्बर वडामा भएको देखिन्छ ।

त्यसैगरी सबैभन्दा धेरै संक्रमित ३२ नम्बर वडामा ४ हजार १२ जना र सबैभन्दा कम १ नम्बर वडामा २४ जना भेटिएका छन् ।

टिप्पणीहरू