पौडी खेल्न नजानेर एक बालिकाको मृत्यु

पौडी खेल्न नजानेर एक बालिकाको मृत्यु

भोजपुरको छेका खोलामा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार भोजपुर आमचौक गाउँपालिका १ खाम्ताङकी १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मृतक परियार हिजो दिउँसो १२ बजे आमचौक १ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्न गएकी थिइन् । पौडी खेल्ने क्रममा परियार डुबेर बेपत्ता भएपछि स्थानीय गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

उद्धार र खोजीको लागि गएको प्रहरीले उनको शव ४ बजेतिर भेटेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

टिप्पणीहरू