अबको एक सातामा पूर्ण सरकार देख्न पाइनेछ: माधवकुमार नेपाल

अबको एक सातामा पूर्ण सरकार देख्न पाइनेछ: माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद् बिस्तार हुने बताउनुभएको छ । आज पार्टी बानेश्वर तीनकुनेस्थित भिएसनिकेतन स्कूलसङ्गै कार्यालय उद्घाटन गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । एकीकृत समाजवादीले नयाँ बानेश्वरको आलोकनगरमा पार्टी कार्यालय स्थापना गरेको छ ।

त्यस अवसरमा उहाँले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्तापक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने घोषणासमेत गर्नुभएको छ ।अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा आफ्नो पार्टी एकीकृत समाजवादी भएको समेत दाबी गर्नुभएको छ । गठबन्धन दलको महत्वपूर्ण हिस्सा रहेकाले नेपालले सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको हो ।

उहाँले सरकारले एमसीसीलाई सोधेको प्रश्नको जवाफ आइसकेको र त्यसबारे छलफल भइरहेको जानकारीसमेत दिनुभएको छ । नेपालले भन्नुभएको छ, ‘एमसीसीलाई सोधेका सात प्रश्न र प्राप्त जवाफको बारेमा छलफल भइरहेको छ । जनमानसको धारणालाई ध्यानमा राखेर मात्रै त्यसबारे निर्णय लिइने छ ।’

टिप्पणीहरू