राजधानीमा भौतिक उपस्थितिमा विद्यालय खोल्न पाइने कि नपाइने ?

राजधानीमा भौतिक उपस्थितिमा विद्यालय खोल्न पाइने कि नपाइने ?

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले हिजो जारी गरेको निर्देशनमा आजदेखि विद्यालय तथा शैक्षिक संस्थाहरु खुल्ने बारे स्पष्टसँग लेखिएको छैन । निर्देशनको भाषालाई सरसर्ती पढ्दा काठमाडौंमा अझै पनि शैक्षिक संस्था खुल्ने अवस्था छैन ।

कुनैपनि विद्यालयले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाइने निर्णय गरिएको निर्देशनमा उल्लेख छ । तर त्यसरी विद्यालय खोल्नै परेमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आआफ्ना पालिकामा कोभिड १९ संक्रमणको अवस्था विश्लेषण गरेर विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलगायत सबैले अनिवार्य रुपमा कोभिड १९ विरुद्धको खोप लगाएको हुनुुपर्ने शर्त उल्लेख गरिएको छ ।यस्तै सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने पनि जनाइएको छ ।

यसअघि सिडियो कार्यालयले असोज १ गतेदेखि स्थानीय सरकारको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । सोही आधारमा आजदेखि उपत्यकाका विद्यालय तथा शैक्षिक संस्थाहरु खुल्ने अनुमान गरिएको थियो । तर हिजोको निर्देशनपछि आज राजधानीका धेरैजसो शैक्षिक संस्थाहरु खुलाउने वा नखुलाउने भन्नेमा अलमलमा परेको पाइएको छ ।

टिप्पणीहरू