महिनौं अड्काएर सेनाले पायो ३ तारे जर्नेल

महिनौं अड्काएर सेनाले पायो ३ तारे जर्नेल

प्रधानसेनापति प्रभुराम शर्माले आज उपरथी बालकृष्ण कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

सैनिक मुख्यालय,जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच रथी बालकृष्णलाई प्रधानसेनापतिले ३ तारे जर्नेलको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

गत भदौ १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रथी दर्जामा पदोन्नत हुनुभएको हो । कार्कीलाई बलाध्यक्षमा नियुक्त गरी निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको सेनाले जनाएको छ ।कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।

टिप्पणीहरू