युवतीहरु भिडन्तमा ओर्लंदै

च्यारिटीको लागि अर्थ संकलन गर्ने उद्देश्यले ब्रिटेनका दुई सुन्दरी मुक्केबाजीमा भिड्ने भएका छन् । नोभेम्बरमा रोम्फोर्ड, इसेक्समा आयोजना हुने प्रतियोगितामा ३४ वर्षीया अभिनेत्री ड्यानियला मेसन र ३० वर्षीया टिभी कलाकार पास्कल क्रायमर बक्सिङ पञ्जा लगाएर रिङमा उत्रँदै छन् । दुई सुन्दरीको भिडन्त हेर्न युवाहरुले टिकट किन्नँ तँछाडमछाड गर्नेमा ड्यानियला विश्वस्त छिन् ।

टिप्पणीहरू