​महिलाको मन

पुरुषभन्दा महिला बढी मैथुन चाहन्छन् । हालै बेलायतमा भौचर कोड्सले गरेको सर्वेक्षणमा भाग लिएका ५९ प्रतिशत वयस्क महिलाले भने, ‘हामी चाहन्छौं, पार्टनरले हामीसँग अहिलेभन्दा बढी सेक्स गरोस् । जबकि यसो भन्ने पुरुषको संख्या जम्मा ४१ प्रतिशत छ । १८ वर्षमाथिका २ हजार ३ सय ८३ जनाले सहभागिता जनाएको सर्वेक्षणमा अधिकांश महिलाले सेक्सको परिमाणमा असन्तुष्टि जनाए । ३४ प्रतिशतले सेक्स रमाइलो नभएको बताए । ७ प्रतिशतले पार्टनरलाई धोखा दिई अरुसँग सम्बन्ध राख्ने गरेको स्वीकारे । ४० प्रतिशतले अनलाइनमा अश्लिल चलचित्र हेर्ने गरेको र २८ प्रतिशतले यौन खेलौना प्रयोग गर्ने गरेको जानकारी दिए । 

टिप्पणीहरू