खाल्डोमा पुरिएको अवस्थामा शव फेला

खाल्डोमा पुरिएको अवस्थामा शव फेला

बझाङको दुर्गाथली गाउँपालिका ५ भलाने बस्ने ८० वर्षीया रिखि जप्रेलको उनकै बारीमा खाल्डोमा पुरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । जप्रेल आफ्नै छोराको घरबाट १ सय मिटर टाढाको छुट्टै घरमा बस्दै आएका थिए ।

गत आइतबार बिहानदेखि हराएका उनको खोजी भइरहेको थियो । प्रहरीले खोजी गर्ने क्रममा बारीमा पुरिएको अवस्थामा शव फेला परेको बताइएको छ ।

घटनामा शंकास्पद एक जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका ७ घर भएका ४७ वर्षीय निराकर रिमालको शव फेला परेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ अँधेरीमा डेरा गरी बस्ने रिमाल त्यहीँको हाम्रो सेवा कम्प्युटर सेन्टरमा काम गर्थे ।

रिमाल आज बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू