आज पनि संक्रमित र निधन हुनेको संख्या उस्तै

आज पनि संक्रमित र निधन हुनेको संख्या उस्तै

विगत केही सातादेखि मुलुकभर कोरोना संक्रमित र निधन हुनेको संख्या उस्तै देखिएको छ । आज पनि मुलुकभर १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

यसबीचमा १ हजार ६ सय ६९ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ जनामा पीसीआर परीक्षण र ३ हजार ९ सय ७१ जनामा एन्टिजेन परीक्षण गरिँदा संक्रमितको पछिल्लो संख्या देखिएको हो ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको छ । तीमध्ये ७ लाख ४५ हजार २ सय १५ जना निको भइसकेका छन् भने हालसम्म ११ हजार २ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २ सय २२ जना होम आइसोलेसनमा छन् । १ हजार ५ सय ५० जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ४ सय ७ जनाको आईसीयू र १ सय २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

टिप्पणीहरू