दूतावासले वैदेशिक रोजगार विभागलाई किन लेख्यो पत्र ?

दूतावासले वैदेशिक रोजगार विभागलाई किन लेख्यो पत्र ?

कतारस्थित नेपाली राजदूतावासले त्यहाँको गृह मन्त्रालयले केही महिनाअघि नेपालबाट भर्ना लिने भनिएको प्रहरीको कोटा रद्द गरेको जानकारी गराएको छ । कतारको गृह मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई पठाएको पत्रमा उक्त जानकारी गराएको हो ।

कतारी गृह मन्त्रालयको पत्रको हवाला दिँदै दूतावासले हिजो वैदेशिक रोजगार विभागलाई लेखेको पत्रमा यसअघि दुई सय जना प्रहरी कर्मचारी भर्ना लिने सम्बन्धमा नेपालसँग सहमति भए पनि अहिले अन्यत्रैबाट पूर्ति गरिएको एकतर्फी जवाफ दिएको व्यहोरा उल्लेख छ । यसअघि नेपाली मेनपावर कम्पनी अल टौकिट ओभरसिज नेपाल मार्फत् २ सय जना प्रहरी कर्मचारी लिने व्यवस्था मिलाइएको थियो । तर,कतार प्रहरीमा भर्ना हुन चाहने सर्वसाधारण नेपालीसँग लाखौं रुपैयाँ असुलेको खबर बाहिरिएपछि कतारले उक्त सम्झौता रद्द गरेको बुझिएको छ ।

टिप्पणीहरू