प्रभु साहका अनेक चक्कर

प्रभु साहका अनेक चक्कर

एकताका बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट भनेर चिनिएका रौतहटका प्रभु साह एमालेमा प्रवेश गरेपछि केही समय चर्चामा आए । मन्त्री पनि बने तर अहिले फेरि गुमनाम भएको एकथरि बताउँछन् ।

साह निकटस्थहरु भने अन्त नभएर जिल्लामा उनको बाहेक अरुको चर्चा नै नहुने गरेको दावी गर्छन् । उनका समर्थकहरु भन्छन्, ‘आगामी चुनावमा साह एक्लै उठे पनि जित्छन् । किनभने उनीसँग अथाह पैसा छ । त्यति पैसा बोकेर रौतहटमा कोही पनि आउन सक्दैनन् ।’

उनीहरुको तर्क छ, ‘काँग्रेस नेता मोहम्मद आफ्ताब आलम जेलमा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेकाले रौतहटमा अबको केही समय साहको जगजगी चल्छ ।’

‘अध्यादेश खारेज हुँदा त्यहि आधारमा बनेको पार्टीको वैधानिकता अदालतले नदिन सक्छ । खारेज नगरी मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री नपाएकाहरुले जसपा फुटाउने खतरा छ । त्यसैले पनि सरकार विस्तारमा सकस पैदा भएको हो’,

यसअघि डा. बाबुराम भट्टराईको पालामा मन्त्री हुँदाको बखत नै साहले जिल्लामा विकासका कामहरु बग्रेल्ती गरेका र रकम कलमको जोहो पनि भइसकेकाले उनी अहिले चुनावको निम्ति जिल्ला केन्द्रित भएको बताइन्छ ।

उता श्रीमतीलाई पनि नगरपालिकाको मेयर बनाए । एमाले र माओवादी विभाजनपछि श्रीमती मेयरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेर भए पनि आफ्नो पदलाई कायम राख्न सफल भएकी छन् । तर, जिल्लामा जति लगानी गरे पनि नयाँ पार्टी खोल्ने हैसियत भने साहको नबनिसकेको एमालेभित्रका साह विरोधीहरुको दाबी छ । पार्टी एकीकरणपछि उनले सबैभन्दा ठूलो राजनीतिक दुश्मनी एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग रहेको बारम्बार बताएका थिए ।

यसबीच साहले आईटी सेना बनाएर जिल्लामा नौटंकी गरेको भन्नेहरु पनि एमालेमा थुप्रै जना छन् । तर उनको आईटी सेनाको विभिन्न जिल्लाबाट बिरोध शुरु भइसकेको छ । त्यसैगरी जताततै विवादसमेत देखिएको बताइन्छ । विशेषगरी तराईका जिल्ल्लामा युवाहरुले आइटी सेना के हो ?, कस्तो हो ?, आर्थिक स्रोत के हो ? भनेर साहलाई र्याख्र्याख्ती पारेको स्रोतले बताएको छ ।

टिप्पणीहरू