एमाले महासागर हो,यसमा डुबेपछि निदाउन थालेँ : अष्टलक्ष्मी शाक्य

एमाले महासागर हो,यसमा डुबेपछि निदाउन थालेँ : अष्टलक्ष्मी शाक्य

एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमाले महासागर भएको बताउनुभएको छ ।

आज एमाले काठमाडौंको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यो महासागरसँगको सम्बन्ध छुट्न खोज्दा आफू निदाउन नसकेको बताउनुभएको हो ।

आफ्नो ५० वर्षको अनुभवमा पार्टीको १० बुँदेसँगै पुनः महासागरमा समाहित भएपछि मज्जाले निदाउन थालेको अनुभव उहाँले व्यक्त गर्नुभएको छ ।

उहाँले अन्तरपार्टी निर्देशन १२ अनुरुप अगाडि बढे एमालेको महासागर कहिल्यै नसुक्ने दाबी समेत गर्नुभएको छ । २०७५ जेठ २ को प्रस्थान बिन्दु एमालेको पहिलो पाइला रहेको शाक्यको विश्लेषण छ ।

टिप्पणीहरू