साइबर ठगीबाट कसरी बच्ने ?

साइबर ठगीबाट कसरी बच्ने ?

हिजोआज साइबर दुरुपयोगबाट हुने विभिन्न ठगीका धन्दाले विकराल रुप लिएको छ । प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्न सामाजिक सञ्जालमा आउने भ्रामक विवरणमा विश्वास नगर्न र त्यसतर्फ सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले अनुरोध गरेको छ ।

पछिल्लो समयमा केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत् चिठ्ठा परेको भन्दै चिठ्ठा वापतको रकम पाउने प्रयोजनको लागि कर चुक्ता गर्न रकम माग्न थालेका छन् । कतिपयले उक्त झुठो कुरामा विश्वास गरेर बैंक तथा अनलाइन कारोबार मार्फत् रकम जम्मा गर्न लगाई ठग्ने प्रवृति बढेको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जाल भाईबर, ह्वाट्स्एप, इमोलगायतका विभिन्न सामाजिक एपहरू मार्फत् भिडियो, अडियो तथा मेसेज गरी प्रलोभनमा पारेर ठगी गरेको देखिएकाले ब्युरोले सर्वसाधारणलाई त्यसतर्फ सर्तक रहन र सावधानी अपनाउन आग्रह गरेको छ ।

टिप्पणीहरू