घरबाटै बेरोकतोक गाँजा र लागुपदार्थको कारोबार

घरबाटै बेरोकतोक गाँजा र लागुपदार्थको कारोबार

मोरङमा एक जनाले घरबाटै गाँजा र अन्य लागुपदार्थको खुलमखुल्ला कारोबार गरेको यथार्थ खुलेको छ ।

मोरङ बेलबारी नगरपालिका ११ बस्ने ४८ वर्षीय श्यामकुमार चौधरीले घरबाट ती पदार्थको कारोबार गरेको आधारमा प्रहरीले छापा मार्दा १ केजीभन्दा बढी गाँजालगायतका लागुपदार्थ भेटिएको हो ।

प्रहरीले उनको घरबाट १ केजी १ सय ९० ग्राम गाँजा, ८० पिस स्पासपेन र ७० पिस पिग्रासप बरामद गरेको छ । श्याम कुमारले लागुऔषध बेचबिखन गर्ने गरेको खबरको आधारमा आफूहरुले छापा मारेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू