ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

सुनसरीमा ट्रिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा दुहबी नगरपालिका ९ छाताबेलीमा रहेको जय बाबा ईट्टाभट्टा उद्योगका मजदुर रफिकुल इस्लामकी नौ वर्षीया छोरी बबिता खातुन हुन् ।

भारत पश्चिम बंगाल घर भएका इस्लाम सपरिवार भट्टामा मजदुरी गर्दै आएका थिए । हिजो बेलुका बालिकालाई कारखानाभित्रै खेलिरहेको बेला को.१ ख ५४५१ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपर र चालक धनकुटा सहिदभूमि गाउँपालिका ४ का ३० वर्षीय हेमराज राईलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू