सुन्तली–धुर्मुसलाई जसले सताए

सामाजिक सेवामा होमिएका धुर्मुस–सुन्तलीमाथि उजुरी दर्ज भयो । आरोप थियो, समाज सेवाका लागि खोलिएको ‘धुर्मस सुन्तली फाउन्डेसन’का लागि आउने आर्थिक सहयोग कुञ्जना घिमिरेको खातामा गएको ।

उसो त फाउन्डेसन पारदर्शी नभएको आरोप यसअघि नै गो गो फाउन्डेसनका केदार खड्काहरूले लगाएकै थिए । विरोधीहरूले नेपाल सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको भन्दै उजुरी दर्ज गराएका हुन् । 

समाजकल्याण परिषद्ले अनुसन्धान गर्दा धुर्मुस–सुन्तलीको हकमा आरोपमा सत्यता नभएको प्रमाणित भएको हो । परिषद्ले उक्त परियोजना कानुनबमोजिम नै चलेको हुनाले काम अगाडि बढाउने आदेश दिएको छ । समाजकल्याण परिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई उजुरीकर्ताको आरोप पुष्टि हुने कुनै काम नभएकाले गरिरहेको कामलाई निरन्तरता दिन पत्राचार गरेको हो । 

 धुलिखेलका राज हुमागार्इंले दर्ता गरेको उजुरीउपर समाजकल्याण परिषद्को अनुसन्धानले साउन २६ गते उपनिर्देशक दुर्गाप्रसाद भट्टराईको पत्रमार्फत क्लिन चिट दिएको हो । 

टिप्पणीहरू