पेट्रोलियम पदार्थ ठीक कि विद्युतीय ?

पेट्रोलियम पदार्थ ठीक कि विद्युतीय ?

अहिले संसारभर विद्युतीय सवारी साधनको माग र उत्पादन दुबै बढ्दो छ । तर विद्युतीय सवारी साधनको अधिक प्रयोग पश्चात् त्यसमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको चुनौती र त्यसले पृथ्वीको सतहमा ल्याउने भयावह समस्याको बारेमा भने कसैले पनि ध्यान दिएको देखिँदैन ।

पेट्रोलियम पदार्थ विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री र त्यसको निम्ति आवश्य पर्ने खनिज पदार्थहरुको तुलना गर्ने हो भने पेट्रोलियम पदार्थ निकै किफायती हुने भन्न थालिएको छ । एउटा अध्ययनबाट के पुष्टी भएको छ भने अमेरिकामा रहेका सबै विमान कम्पनीका विमानले उपभोग गर्ने कुल इन्धन वार्षिक १९ अर्ब ग्यालेन हो ।

तर, त्यहाँ प्रयोग हुने विद्युतीय सवारी साधनमा आवश्यक खनिज पदार्थ उत्खनन्को निम्ति मात्र २१ अर्ब ग्यालेन इन्धनको आवश्यकता पर्छ ।

यसरी २१ अर्ब ग्यालेन इन्धन जलाएपछि मात्र २ लाख ५० हजार विद्युतीय कारको निम्ति ब्याट्री बनाउन सकिने खनिज पदार्थको जोहो हुन्छ । त्यति धेरै खर्च र दुःख गरेर बनाइएको ब्याट्रीको आयु मुश्किलले १० वर्ष मात्र हुन्छ, किनकी त्यो नवीकरणीय होइन ।

सन् २०५० सम्ममा त्यस्ता ब्याट्रीका कारण विश्वमा ५ करोड पौण्ड खराब फोहोर उत्पादन हुने आशंका गरिएको छ । कार्बन उत्सर्जन कति ठूलो र भयावह विषय बन्दै गएको छ भन्ने धेरैलाई थाहा नभएको विभिन्न अध्ययनले देखाएको छ ।

जसमा भनिएको छ, ‘यदि उनीहरुलाई त्यसबारे थाहा हुँदो हो त सायद कसैले पनि विद्युतीय सवारी साधन वा उपकरणमा यति धेरै विश्वास राख्दैन थिए होलान् ।’

टिप्पणीहरू