चीनमा सबेरै ६ रेक्टर स्केलको भूकम्प

चीनमा सबेरै ६ रेक्टर स्केलको भूकम्प

चीनकाे सिचुआन प्रान्तमा आज बिहान सबेरै ठूलो भूकम्प गएको छ । भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान साढे ४ बजे दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरको लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार मृतक र घाइते सबै लुसिआन काउन्टीको फुची टाउनशिपअन्तर्गत काओपा गाउँका हुन् । आजको भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराईमा गएको बताइएको छ ।

भूकम्पपछि उद्धार कार्य शुरु भएकाले क्षतिको पूर्णविवरण आइनसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

फोटो स्रोत : सिन्ह्वा

टिप्पणीहरू