एमालेले लोगो बनायो तर निर्णय सच्याएन

एमालेले लोगो बनायो तर निर्णय सच्याएन

नेकपा एमालेले आगामी असोजमा हुने विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । तर, महाधिवेशनमा प्रतिनिधित्व हुनबाट वञ्चित गराइएको प्रदेश तथा जिल्ला सम्पर्क कमिटीलाई भने समावेश गराइएको छैन ।

यसअघि एमाले स्थायी समितिको उक्त निर्णयमा कमजोरी भएकाले सच्याएर सम्पर्क कमिटीको समेत प्रतिनिधित्व हुने बताइएको थियो । तर,आज सार्वजनिक भएको प्रतिनिधिको संख्या र क्षेत्रमा उक्त सम्पर्क कमिटीहरुलाई फेरि बाहेक गरिएको छ ।

एमालेको विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारी सदस्य,केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखापरीक्षण आयोग,निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषदको प्रतिनिधित्व हुने भनिएको छ ।

त्यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय विभागबाट सचिवलगायत १५ जना, प्रदेश कमिटी र सोसरह मान्यता पाएका पदाधिकारी तथा सदस्यहरू सहभागी रहने जनाइएको छ ।

टिप्पणीहरू