भ्याक्सिनेटेड पर्यटकलाई अनअराइभल भिसा दिन पर्यटन व्यवसायीको माग

भ्याक्सिनेटेड पर्यटकलाई अनअराइभल भिसा दिन पर्यटन व्यवसायीको माग

विगत डेढ वर्षदेखि अस्तव्यस्त बनेको पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन पर्यटन क्षेत्रका विज्ञहरुले सरकारसँग माग गरेको छन् ।

आज काठमाडौंमा पत्रकारसँगको भेटघाट कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्णरुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन ।

सरकारले खोप लगाएका पर्यटकको भिसा अनअराइभलको व्यवस्था गर्दै पर्यटन व्यवसायहरुको माग सम्बोधन गर्नुपर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले बताउनु भएको छ । उहाँले पर्यटन प्रवद्र्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि समेट्नु पर्ने जानकारी दिनुभएको छ ।

त्यस्तै, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यवसायीलाई हाउगुजी बनाएको दाबी गर्नुभएको छ । उहाँले पनि खोप लगाएका पर्यटकलाई अन अराइभल भिसाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पर्यटन उद्योगलाई बचाउन र फेरि लयमा फर्काउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बेला आइसकेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

टिप्पणीहरू