कुकुर भगाउन नाङ्गो तारमा करेण्ट छाड्नेलाई करेण्ट लाग्यो

कुकुर भगाउन नाङ्गो तारमा करेण्ट छाड्नेलाई करेण्ट लाग्यो

कुखुरा खान आउने कुकुरलाई भगाउन छोडेको तारबाट करेण्ट लाग्दा झापामा एक जना युवकको घटनास्थलमै मृत्यु भएको छ ।

कन्काई नगरपालिका ५ डाँडागाउँ ईन्द्रेणी चोक बस्ने २६ वर्षीय सिमोन राईको आफ्नै घरनजिक रहेको कुखुरा फर्ममा काम गर्दागर्दै करेन्ट लागेर मृत्यु भएको हो ।

उनले खोरको कुखुरा खान पल्केको कुकुर धपाउन तारमा करेण्ट छाड्ने गर्थे । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतमा सवारी साधन दुर्घटना, ११ जना घाइते

वीरेन्द्रनगर नगरपालिका २, रेडियो नेपाल नजिकै सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे.१ ख २५७४ नम्बरको गाडी पल्टिँदा ११ जना घाइते भएका छन् ।

घाइते ११ जनालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेततर्फ पठाइएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर तथा ६ जना सामान्य रहेको बताइएको छ । फरार सवारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू