आज पनि राजधानीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू समातिए

आज पनि राजधानीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू समातिए

प्रहरीले आज पनि बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरूलाई राजधानीबाटै पक्राउ गरेको छ । आज पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २९ बस्ने ३६ वर्षीय विनम श्रेष्ठ र काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठ हुन् ।

बैकिड. कसुरमा विनमलाई अदालतबाट ७ दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना तथा प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना तोकिएकोमा उनीहरू त्यसपछि फरार रहेका थिए ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै उनीहरुले पीडितहरूलाई विभिन्न बैंकको चेक दिएर झुक्याएका थिए । पक्राउपछि उनीहरूलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

टिप्पणीहरू