​बालुवाटारमा प्रमले यसरी फुकाए बाध्यता

‘अहिलेको संवैधानिक व्यवस्थाअनुसार अब जहाँ पनि एक्लै वा आफ्नो मात्र बुताले चुनाव जित्न सकिँदैन । प्रदेश वा प्रतिनिधिसभाको चुनाव वा सरकार गठन पनि विना तालमेल सम्भव छैन । कुनै पनि पार्टीको आफ्नो मात्र बलले नपुग्ने हुँदा कहीँ न कहीँ, कोही न कोहीसँग जोडिनैपर्छ । हाम्रो रणनीतिक साझेदार माओवादी नै हो । यसको दीर्घकालिक महŒव छ । साथीहरूले यहीअनुसार बुझ्नुहोला ।’

आइतबार साँझको बालुवाटार विशेष बैठकमा भोलिपल्ट हुने पत्रकार महासंघको चुनावका लागि मानसिक रूपमा तयार रहन र गठबन्धनमा धोकाधडी नगर्न सचेत गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले यसरी कडाइसाथ विषय प्रवेश गराएका हुन । ‘पार्टीका साथीहरूले त यस्तो बेला असन्तुष्टि पोख्नै हुँदैन । एमालेले राष्ट्रियताको नाममा आक्रामक अभियान चलाइरहेको छ । त्यसलाई ड्यामेज गर्न गठबन्धन बलियो तथा कामकाजी छ भन्ने कुरा अन्तर्राष्ट्रिय रूपमा प्रवाह गर्न पनि हामीबीचको सहकार्य जरुरी छ’, उनले अगाडि थपे ।

पत्रकार महासंघ चुनावको अघिल्लो दिन सायद प्रधानमन्त्री निवासमा विशेष बैठक नबसेको भए हिजो बिहान जे–जस्तो परिणाम आयो त्यसो नहुन पनि सक्थ्यो भन्ने चर्चा अहिले पत्रकारबीच व्याप्त छ । दिउँसो महासंघको महाधिवेशन उद्घाटन गरेका प्रधानमन्त्रीले साँझ बालुवाटारमा महŒवपूर्ण मिटिङ बोलाएका थिए । जसले पत्रकारको चुनावलाई महŒवपूर्ण मोडमा पु¥यायो । आइतबार साँझ ७ बजेदेखि सत्ता गठबन्धनका घटकबीचको बैठक ९ बजेसम्म चल्यो । त्यसमा प्रचण्ड, माओवादी प्रचार विभाग प्रमुख पम्फा भुसालसहितलाई बोलाइएको थियो । समन्वयकर्ता डा. प्रकाशरण महत, पूर्णबहादुर खड्का, मीनेन्द्र रिजाल, रामचन्द्र पौडेल, गठबन्धनबाट अध्यक्षका उम्मेदवार प्रेस सेन्टर उपाध्यक्ष गोविन्द आचार्य, अध्यक्ष महेश्वर दाहाल महासचिव विष्णु सापकोटा, ओम शर्मा, बद्री सिग्देल, पोषण केसी र रामजी दाहालको पनि उपस्थिति थियो । बैठकमा पोषण केसीले ‘प्रदेश सभाको चुनावमा मलाई ६ नम्बरबाट टिकट चाहियो’ भन्ने माग पेश गरेका थिए ।

त्यसैगरी, असन्तुष्ट रहेका रामजी दाहालले गोरखापत्र संस्थानमा ठाउँ खाली रहेको अवगत गराए । डा. प्रकाशशरणले गंगाधर पराजुलीबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिको निम्ति माग आएकोबारे बैठकलाई सूचित गरे असन्तुष्टहरूलाई ‘२०÷२५ वर्षसम्म पार्टीले तपाईंहरूलाई बोक्यो, यहाँसम्म ल्यायो । अहिले १÷२ वटा पद छाड्नुपर्दा यस्तो बबाल गर्ने’ भन्दै हप्काइएको थियो । त्यहाँ माओवादीलाई समर्थन गर्न सकिँदैन भन्ने झिनो स्वरमा असन्तुष्टि पेश भए पनि त्यसमा व्यक्तिगत स्वार्थ र बार्गेनिङ प्रस्ट देखिएको बैठकमा उपस्थित माओवादीनिकट एक पत्रकार नेताले बताए ।

टिप्पणीहरू