आज संक्रमणबाट निधन हुनेको संख्या ७, संक्रमित १७ सय बढी

आज संक्रमणबाट निधन हुनेको संख्या ७, संक्रमित १७ सय बढी

आज मुलुकभर झण्डै १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी संक्रमणकै कारण ७ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय २४ जनामा पीसीआर तथा ४ हजार ३ सय २० जनामा एन्टिजेन गरी १६ हजार ८ सय ४४ जनामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसबीचमा १ हजार २ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । अझै मुलुकभर २६ हजार ३ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू