नमुना मच्छिन्द्रमा पनि दृष्टिविहीन बालबालिकाले पढ्न पाउने

नमुना मच्छिन्द्रमा पनि दृष्टिविहीन बालबालिकाले पढ्न पाउने

ललिपुरको जावलाखेलस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा पनि दृष्टिविहीन बालबालिकाको पठनपाठन हुन थालेको छ ।

जापानी सहयोग संस्था जाइकाको आर्थिक सहयोगमा निर्माण भएको विद्यालयको दुई वटा साना भवनमा दृष्टिविहीनहरुलाई पढाउन थालिएको आज जानकारी दिइएको छ ।

२५ कोठे विद्यालय भवनको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्यालय भवन निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद दिनुभएको छ ।

टिप्पणीहरू