काठमाडौंको फोहोर व्यवस्थापन अझै गिजोलिने

काठमाडौंको फोहोर व्यवस्थापन अझै गिजोलिने

फोहोरमैलाको व्यवस्थापनको विषयलाई लिएर ककनी प्रगतिशील युवा क्लब, जनजागरण युवा क्लब, करुण युवा क्लब र रोयल युथ क्लबलगायतले नुवाकोटको बञ्चरे डाँडामा संयुक्त रुपमा छलफल र त्यसपछि आन्दोलन गर्ने भएका छन् ।

ती चार वटै क्लबले विगतमा काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापनलाई लिएर पटक पटक भएका सम्झौताहरूको कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलन गर्ने जनाएका हुन् ।बञ्चरे डाँडाका जनताले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितता र सम्पत्ति रक्षाका लागी त्यहाँ फोहोरमैला सदाको लागि बन्द गर्नुपर्ने माग समेत क्लबहरुले राखेका छन् ।

आगामी शनिबारदेखि हुने भनिएको छलफल र आन्दोलनमा आमनागरिकको उपस्थितिको लागि आग्रह गरिएको छ ।

टिप्पणीहरू