अवैध भारु बोकेका युवक मोटरसाइकल चढ्दै रक्सौलबाट वीरगञ्जतिर

अवैध भारु बोकेका युवक मोटरसाइकल चढ्दै रक्सौलबाट वीरगञ्जतिर

प्रतिबन्धित भारतीय नोटसहित पर्सामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका ४ का २५ वर्षीय अजयकुमार शर्मा हुन् ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना. १५ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्माको झोलाबाट १ लाख ४८ हजार ५ सय अवैध भारतीय रूपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शर्मालाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू