८५ जना सहसचिव को कता ?

८५ जना सहसचिव को कता ?

सरकारले हिजो एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । यसरी ८५ जना सहसचिवको सरुवा गरिँदा केन्द्रबाट ३० जना प्रदेशतिर पठाइएका छन् भने तलबाट ५५ जनालाई संघमा तानिएको छ ।

सरकारले प्रशासन सेवाबाट मात्र ५४ जना सहसचिवको सरुवा गर्दा सबैभन्दा बढी गृहबाट सरुवा भएका छन् । गृहबाट २५ सहसचिवको सरुवा हुँदा ११ जना बाहिर पठाइएको छ भने १४ जनालाई गृहमा तानिएको छ ।

उता अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा अर्थका ६ जना सहसचिवलाई प्रदेशतिर खटाइएको छ । मंगलबारको सरुवामा अर्थमन्त्रालयमा कार्यरत ६ जना सहसचिव तलतिर पठाइएका हुन् । जसमध्ये ज्ञानेन्द्र पौडेललाई पर्यटन, उद्योग तथा वन मन्त्रालय गण्डकी प्रदेशमा पठाइएको छ भने भन्सार विभागबाट तानेर जिम्मेवारीविहीन बनाएर राखिएका यामलाल भुसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाग्मती प्रदेशमा खटाइएको छ ।

अर्का सहसचिव सुमन दाहाललाई एक नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ । धनीराम शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय बाग्मती प्रदेशतिर खटाइएको छ । झक्क आचार्यलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुर्याइएको छ । श्याम भण्डारीलाई भने अर्थबाट झिकेर अख्तियार पठाइएको छ ।

गृहबाट बाहिर लगिएका सहसचिवहरुमा कालीप्रसाद पराजुली, प्रेमप्रसाद भट्टराई, जितेन्द्र बस्नेत, गौलोचन सैजु, तुल्सीराम सेढाई, ज्ञानप्रसाद ढकाल, हेमराज तामाङलगायत छन् । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा काठमाडौंका सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय १ नम्बर प्रदेशमा लगिएको छ ।

अख्तियार, ललितपुर महानगरपालिका हुँदै एमाले नेता महेश बस्नेतको जोडबलमा भक्तपुरको सिडिओ बनाइएका प्रेमप्रसाद भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । उनलाई केही दिनभित्रै सम्पत्ति शुद्धिकरणको हाकिम बनाएर पठाइँदै छ ।

गृह मातहतकै पञ्जीकरण विभाग चलाएका जितेन्द्र बस्नेत पनि गृहबाट बाहिरिएर शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश पुगेका छन् । ओली कार्याकालमा अन्याय भुक्तमान गरेका, तीन तीन महिनामा सरुवा खेप्दै आएका भीष्मकुमार भुसाललाई गृहमा तानेर त्यहाँ तुल्सीराम सेढार्इंलाई पठाइएको छ ।

गृहकै गौलोचन सैजुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग, हेमराज तामाङलाई उपराष्ट्रपतिको कार्यालय, सुरेन्द्र पौडेललाई लगानी बोर्डमा पठाइएको छ भने ज्ञानप्रसाद ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खटाइएको छ । यस्तै सागर आचार्यलाई युवा तथा खेलकुद मन्त्रालयमा पुर्याईंदा गृहकै शालिग्राम पौडेललाई निर्वाचन आयोगमा लगिएको छ ।

सामान्य प्रशासनले सार्वजनिक गरेको सूचीअनुसार, वन सेवाका ५ सहसचिव सरुवा हुँदा ३ जना संघमा तानिएका छन् भने २ जना प्रदेशमा खटाइएका छन् । यस्तै शिक्षा समूहबाट ४ जना सहसचिवको सरुवा हुँदा ३ जना प्रदेशमा पठाइएका छन् भने एक जना संघमा तानिएका छन् ।

कृषि सेवाबाट १३ जना सहसचिवको सरुवा हुँदा ७ जना संघमा र ६ जना प्रदेशमा खटाइएका छन् । इञ्जिनियरिङ सेवाबाट ९ सहसचिवको सरुवा हुँदा ४ संघमा र ५ जना प्रदेशमा खटाइएको छ ।

[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/09/15124558/MOFAGA_Notice_20210914054711.pdf”]

टिप्पणीहरू