मोटरसाइकलमा सामान राखेर लाखौंको भन्सार छल्ने प्रयास

मोटरसाइकलमा सामान राखेर लाखौंको भन्सार छल्ने प्रयास

भन्सार छल्दै भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको झण्डै ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामान आज प्रहरीले पक्रेको छ । पश्चिम नवलपरासीको पाल्लीनन्दन गाउँपालिका–४, भक्सिपुरबाट आज प्रहरीले ती सामान बरामद गरेको हो ।

सीमा प्रहरी चौकी महेशपुर, नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालकले ल्याउँदै गरेको करिब २ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको भिडिओ क्यामराका पार्टपूर्जा र ३४ हजार ३ सय रुपैयाँ बराबरको हार्डवेयरका सामान फालेर हिँडेको बताइन्छ ।

सामान छाडेर मोटरसाइकलमा फरार भएपछि प्रहरीले सामान बरामद गरेको छ, तर व्यक्तिको बारेमा हालसम्म पत्तो लगाउन सकेको छैन ।

टिप्पणीहरू